आइतवार, माघ २७, २०८१

खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना गरिँदै


कान्तिपथ


काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा प्रर्यटक प्रहरी इकाई स्थापना गर्ने भएको छ ।

हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन् । मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक इकाइ गठन गर्ने निर्णय गरि कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन
बिभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।

खप्तडमा र रारामा पर्यटक प्रहरीको युनिट स्थापना गरिएसँगै त्यहाँ आवत जावत गर्ने पर्यटकहरुलाई सहजता हुने अनुमान गरिएको छ । पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरुबाट आउने विदेशी पर्यटकहरुको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत