मङ्लबार, बैशाख ८, २०८३

प्रदेशमै सर्वोत्कृष्ट ओखलढुंगा प्रहरी : डीएसपी खड्का


गणेश विक


काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा कार्य सम्पादनमा सर्वोत्कृष्ट भएको छ ।

कोेशी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख बिच भएको कार्यसम्पादन सम्झौता अनुसार ओखलढुंगा प्रहरी सवौत्कृष्ट भएको हो ।

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ९१.५ अंक प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रदेशमै सर्वोत्कृष्ट भएको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए ।

फरार प्रतिवादी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र भौतिक पूर्वाधार सँगै विविध पक्षको मूल्याङ्कनबाट सवौत्कृष्ट नतिजा आएको डीएसपी खड्काको भनाई छ ।

र, पछिल्ला दिनहरुमा पनि राम्रो काम कार्वाही गर्ने, र त्यहाँका स्थानीयहरु पनि सुरक्षापक्ष संग एकदमै खुसी रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत