मङ्लबार, बैशाख ८, २०८३

इन्स्पेक्टरमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव


गणेश विक


सरकारले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भिड्न दुई वर्ष उमेर बढाउने प्रस्ताव गरेको छ ।

सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नेपाल प्रहरी सम्बन्धी विधेयकमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव गरिएको छ ।

वर्तमान कानुनमा प्रहरीको इन्स्पेक्टर भिड्न २० वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

अहिले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा इन्सपेकटरमा भिड्न २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो।

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।

नयाँ प्रस्ताव गरिएको कानुनमा असईमा १८ वर्षदेखि २५ वर्ष, जवानमा १८ देखि २३ वर्ष, कार्यालय सहयोगीमा १८ देखि २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

असईको यसअघि १८ देखि २४ वर्ष भीड्न पाउने व्यवस्था कानुनमा थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत