बुधबार, चैत्र १३, २०८१

सशस्त्रका ६ जना ४० जवान सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)


गणेश विक


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रहरीका ६ सय ४० जना जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत