आइतवार, माघ २७, २०८१

गलत काम गर्नेहरु विरुद्ध कठोर बन्नुस् : एसएसपी अधिकारी


कान्तिपथ


काठमाडाैं । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।

मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा आज प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘…विनाशाय च दुष्कृताम्’ उल्लेख गरे । यो श्लोकमा भनिएझैँ गलत काम गर्नेविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिएका हुन् ।

प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरुलाई निर्देशन दिए ।

‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्वपूर्ण एजेण्डाका रुपमा लिनुपर्छ’, उनले भने, ‘तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रुपमा प्रस्तुत हुन सक्नुपर्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत