शुक्रबार, साउन २, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • भ्यालेन्टाइन सप्ताह : आज ‘प्रपोज डे’, कसरी राख्दै हुनुहुन्छ ‘प्रेम प्रस्ताव’

भ्यालेन्टाइन सप्ताह : आज ‘प्रपोज डे’, कसरी राख्दै हुनुहुन्छ ‘प्रेम प्रस्ताव’


गणेश विक



आज ‘प्रपोज डे’ । भनिन्छ प्रेम आँखाबाट शुरु भएर मनमा पुगेर टुगिन्छ । प्रेमको भाषामा यसै भन्ने गरिन्छ । 


प्रेम आँखाले गर्ने कि मनले ? निसन्देश मनले गरिन्छ । तर, यसको शुरुवात भने आँखाबाट नै शुरु हुन्छ । 


जब हामी कसैलाई मन पराउँछै, उ प्रति आकर्षित हुन्छै, भेट्छै र कुरा गर्छौ तब मनमा प्रेमको अंकुराउँछ र मनमा एक प्रकारको आशा पलाउँछ । तब तपाईं सोचछौँ सायद यहि नै हो माया । निस्वार्थ माया । 


अहिलेको परिस्थिति हेर्दा नव–यौवनाबीच हुने प्रेमलाई शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । 


अहिलेको आधुनिक समाजामा आत्मिक प्रेम अर्थात् प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । 


यद्यपी शरीरिक आकर्षणबाट शुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्छ हुन्छ । 

त्यसैले त हामी भन्छै नि प्रेम अन्धो हुन्छ । 

भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । 

जब कसैलाई सच्चो प्रेम गर्छै तब त्यहाँ न जात ले रोक्न, न भूगोलले न त धनले नै 

प्रेमको भावना पोखिनुपर्छ । प्रेममा पग्लिनुपर्छ । तब न प्रेम हुन्छ । 

यही कुनै कामको शुरुवात राम्रो तरिकाले हुन्छ भने बुझ्नुहोस् कि तपाईले आधा सफलता प्राप्त गर्नुभयो । यसैले त प्रेमको सन्दर्शमा पनि त यो लागू हुन्छ । प्रेमको शुरुवात प्रपोज आर्थत् प्रस्तावबाट शुरु हुन्छ । 

तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यू’ चाँही भन्न सुहाउँछ छ ?अवश्य पनि सुहाउँदै न । किन कि कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उसको भावना बुझ्न अति आवश्यक छ । 

यदि आफूले मन पराएको व्यक्ति आफूप्रति सकारात्म छ भने प्रेम प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । 

अतः प्रेमी वा प्रेमीकालाई कसरी प्रस्ताव राख्ने ? 

१. उपयुक्त स्थानको छनोट गर्नुस् : आफ्नो प्रेमी वा प्रेमीकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थानको छनोट गर्नुपर्छ । यस्तो ठाउँ रोज्नुहोस् जहाँ तपाईंका यादहरु जोडिएका हुन् । त्यो ठाउँमा रहँदा तपाईंलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् । एकअर्काका कुराहरु आनन्दले राख्नुहोस् र उचित मौका हेरेर आफ्नो मनको कुरा भन्नुस् । 

२. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् : जहाँ मौका पायो त्यहि प्रस्ताव राखिहाल्न हतारो नगर्नुहोस् । खासगरी युवतीलाई महंगा उपहारले भन्दा पनि उनीहरुलाई विशेष महशुस गराउँदा धेरै खुसी हुन्छन् । त्यसैले उनीहरुका लागि केहि त्यस्तो योजना बनाउनुस्, जसले उनको मन तपाई भएतिर तानियोस् । 

३. आफ्नो लुक्समा ध्यान दिनुस् : प्रेम प्रस्ताव गर्ने सबै योजना तयार भएपनि आफ्नो लुक्समा पनि विशेष ध्यान दिनुपर्छ । आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् । त्यहि कपडा लगाउनुस् जुन लगाउदा तपाइलाई परफेक्ट देखिन्छ, अथवा जुन कपडा लगाउदा तपाइको साथी खुसी र आकर्षित हुन् । 

४. परफ्युमको प्रयोग गर्नुहोस् : कपडा, जुत्ता तथा सुहाउदो हेयर स्टाइलमा राम्रो परफ्युमको पनि प्रयोग गर्न नभुल्नुहोस् । किनकी महिलाहरु परफ्युमको बास्ना मन पराउँछन् ।  

५. रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस्  ः तपाइको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाइहरु एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केहि राम्रा उपहारहरु दिएर उनीलाई आफूतर्फ आकर्षित गर्नुहोस् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत