मङ्लबार, चैत्र ४, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • १७ वर्षीया किशोरीको शंकास्पद मृत्यु : एसएसपी  नेतृत्वमा छानबिन समिति गठन

१७ वर्षीया किशोरीको शंकास्पद मृत्यु : एसएसपी  नेतृत्वमा छानबिन समिति गठन


गणेश विक


राजेन्द्र महतो, सिरहा। सिरहामा १७ वर्षीया किशोरीको शंकास्पद मृत्युसम्बन्धी घटनामा छानबिन समिति गठन भएको छ ।

मधेस प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै एसएसपी  शान्ति राज कोइरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको हो ।

समितिले आजै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीया रिंकुकुमारी सदा माघ ३० मा मृत फेला परेकी थिइन् ।

घरमा झुन्डिएको अवस्थामा रिंकुकुमारी सदा मृत भेटिएकी हुन्।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवक टिंकु मण्डल, चन्दन साह र रमेश मण्डलले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

उनका आफन्त र परिवारले बलात्कृत भएपछि किशोरीले आत्महत्या गरेको दाबी गरेका छन् ।

आफन्तहरूले बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत