आइतवार, चैत्र १०, २०८१

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटी कलेजले माफी माग्यो


गणेश विक


भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ ।

रुपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दु:खी हुँदै माफी चाहन्छौं, ‘ उनले विज्ञप्तिमा भनेका छन्, ‘ हामी नेपाली विद्यार्थीलाई त्यतिबै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’

उनले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।

https://www.facebook.com/kantipathnews/videos/624557543504194

उक्त कलेजले नेपालबाट पढ्न गएका १४ सय विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही गरिसकेको छ ।

यसअघि केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको जनाएको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत् जनाएको छ ।

https://www.facebook.com/kantipathnews/videos/999889908660337

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको कलेजले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत