काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ ।
आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।
आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ ।
आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् ।
पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए ।
आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ