आइतवार, चैत्र १०, २०८१

साढे ८ किलो सालकको खपटासहित ४ जना पक्राउ


गणेश विक


काठमाडौं । वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङताङ, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।

यस्तै, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहनगरपालिका-१५ घर भई हाल काठमाडौं-२६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन्।

उनीहरूलाई शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नचामुण्डा चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ।

उनीहरूले कहाँबाट उक्त खपटा संकलन गरे भन्नेबारे डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंले अनुसन्धान गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत