आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • आफ्नै छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक राउत पक्राउ

आफ्नै छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक राउत पक्राउ


गणेश विक


काठमाडौं । आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित गोबर्धन वैरागी जनता माविका एक जना शिक्षक पक्राउ परेका छन्।

करारमा कार्यरत (कम्प्युटर) शिक्षक धनुषाको सवैला नगरपालिकाका ३३ वर्षीय रमेशकुमार राउतलाई प्रहरीले मंगलबार पक्राउ गरेको हाे।

राउतमाथि कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई गलत नियतले छोएको, जिउ सुम्सुम्याएको, अंगालो हालेको लगायतका आरोप छ।

स्राेतका अनुसार अरु विद्यार्थीहरु निस्किसकेपछि ‘केही कुरा गर्नेछु’ भन्दै राउतले ति बालिकालाई रोकेका थिए।

त्यसपछि प्राक्टिकल विषयमा राम्रो अंक दिने प्रलोभनमा पारेर गलत कृयाकलाप गरेको जनाईएको छ।

शिक्षकको ब्यवहारबाट अत्तालिएकी बालिका चिच्याएपछि अन्य विद्यार्थीहरु कक्षाभित्र छिरेका थिए। घट्नापछि अभिभावक र शिक्षकहरुले नै राउतलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन।

राउत विरुद्ध बालिकाका आफन्तले बुधबार यौन दुव्र्यवहारको जाहेरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

रावतमाथि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत