काठमाडौँ । गृृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएको जनाएको हो ।
जसअनुसार बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटले नयाँ मुख जिल्ला अधिकारी पाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ ।
यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ । रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ