बुधबार, फाल्गुन ६, २०८२

‘धुर्मुस, पाँडे र बालेन एकैठाउँ’ !


कान्तिपथ


काठमाडौँ महनगरका मेयर बालेन्द्र शाह बालेनले फिल्म ‘लाज शरणम्’ हेरेका छन्। सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका उनले फिल्मसहित कलाकार सीताराम कट्टेल (धुर्मुस) को खुलेर तारिफ गरे।

सिनेमा हेरेपछि बालेनले भने, ‘यस्तो डिटेल दिनुभाछ नि! कस्तो डिटेल दिया हो? लास्टै दामी। लास्टै मजा आयो।’

बालेनले फिल्म ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत गाएका पनि छन्। जसले निकै चर्चा बटुलेको थियो।

सीतारामलाई अँगालो हाल्दै बालेनले भने ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।’

यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो। कुमार कट्टेलले निर्देशन र लेखन रहेको फिल्ममा सीतारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।

जेपीटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत