मङ्लबार, चैत्र १२, २०८१

‘सरकारको घोडा बिचौलियाले चलाए’


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दहाल ‘प्रचण्ड’ले सरकारको घोडा बिचौलियाले चलाएको आरोप लगाएका छन्।

एउटा नियुक्ति पनि सरकारले नगरेको भन्दै त्यसो गरेको भए एउटामात्र उदाहरण दिन उनले चुनौति पनि दिए।

‘यो सरकारको घोटा मैले सरकार र सरकारका मन्त्रीहरूले चलाएको देखेको छैन। पहिले भनेको जस्तै घोडा बिचौलियाले चलाएका छन्’, उनले भने ‘एउटा नियुक्ति पनि सरकारले गरेको छैन। सबै विचौलियाले गरेका छन्।’

प्रचण्डले दुई तिहाइको सरकार खतरानाक हुने लक्षण दिएको पनि बताएका छन्। नियुक्तिका सरकारले भद्रगोल गरेको पनि आरोप लगाए।

सरकारले कसैलाई भाउ नदिएका कारण जनता सडकमा आउनुपर्ने अवस्था आएको उनको भनाइ छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत