राजेन्द्र महतो, सिरहा। सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको धनगढीमाई नगरपालिका -१३ ढुंगाना टोलका २७ वर्षीय हेम खड्काको करेन्ट लागेर मृत्यु भएको हो।
खड्काको घर अगाडिबाट गएको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्दार हुन सकेन।
नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकाटेका कारण उनलाई बचाउन नसकिएको स्थानिय बिनोद मण्डलले बताए।
मृतक हेम खड्का ट्यांकर चालक हुन्। केही वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद पछि उनी पाँचवर्षीय छोरीलाई लिएर बसेका थिए।
उनको मृत्युले छोरीे बिचल्लिमा परेकिछिन्।
नेपाल विद्युत प्राधिकरण लाहान शाखाले ११ केभि भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग भएकोले चुडिएको स्थानीयको आरोप छ।
यस अघि पनि पटक–पटक तार चुँडिएर साना दुर्घ टना हुँदै आएको छ।
प्राधिकरणले त्यसलाई बेवास्ता गर्दैआएको उनीहरुको गुनासो छ।
स्थानीयहरुले विद्युत कार्यालयको लापरबाहीका कारण खड्काको ज्यान गएको भन्दै क्षतिपूर्तिको माग सहित पुर्व पश्चिम राजमार्ग अन्तरगत धनगढीमाई नगरपालिका -१० जिरोमाइल स्थित सडक अबरुद्ध गरेका छ्न।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ