सोमवार, कार्तिक २४, २०८२

काठमाडौँकै कन्सर्टमा प्रहरीलाई ‘मा…..मु…..’ गाली गरेपछि भिटेन विवादमा !


कान्तिपथ


सस्तो लोकप्रियता र भाइरल हुने मनपरी शैलीमा म्युजिक भिडियो बनाउने र्याप गायक समिर घिसिङ्ग ‘भिटेन’ प्रहरीलाई गाली गर्दै चर्चामा आईरहने व्यक्ति हुन् । प्रहरीले गालीगलौच गरेको भन्दै ‘हामी यस्तै त हो नी ब्रो’ गीत गाउने -यापर भिटेन (समीर घिसिङ)लाई केही बर्ष अघि पक्राउपछी सचेत गराएर छाडेको थियो ।

त्यति बेला यापर भिटेनको गीतमा प्रहरीलाई ‘डन्ठे’ भनेर अश्लील गाली गरेपछि उनी पक्राउ परेका थिए । उनले फेरी पहिलेको भन्दा आक्रोस हुदैं प्रहरीलाई नै लक्षित गरि होलिको दिनमा काठमाण्डौंकै एक कन्सर्टमा उनले स्टेजबाटै गीत मार्फत पुरै प्रहरी संगठनलाई गाली गलौज गरेको भिडियो अहिले सामाजिक संजालमा भाईरल छ । उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।

घिसिङलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए । उनका साइफर साइको ईपी, कथा, हालखबर, मान्छे खत्तम, लाउरेको फेसन, ईन्ट्रो लगायतका गीत नयाँ पुस्तामाझ चर्चित छन्। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।

https://www.facebook.com/share/v/19zSWGvVvk



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत