सोमवार, बैशाख ९, २०८२

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको यस्तो अफर


कान्तिपथ


तनहुँको भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।

हरेक विद्यार्थीलाई एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए । उनले भने, ‘प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरूलाई रोजगारी दिने समेत योजना बनाएका छौँ । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा एक लाखका दरले पाँचवर्षसम्म पाँच लाख प्रदान गर्ने निर्णय भएको छ ।’

नगरपालिकाको पाठ्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीलगायतका अन्य विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ तयार गरेर कक्षा १ देखि ८ सम्म नगरपालिकाका सबै विद्यालयहरूमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यक्रम निर्माण गर्नेमा गण्डकी प्रदेशमै भानु नगरपालिका पहिलो भएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए ।

सरकारले बालविकास केन्द्र देखि कक्षा ५ सम्ममा प्रतिव्यक्ति १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकोमा नगरपालिकाले पाँच थप गरी प्रतिविद्यार्थी २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत