बुधबार, फाल्गुन ६, २०८२

तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की


कान्तिपथ


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिने’ धम्की दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो धम्की दिएका हुन् ।

सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको बालेनको आरोप छ ।

उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो !!’

प्रमुख प्रशासकीय अधिकृतको विवादले महानगरपालिकामा कर्मचारीको तलव रोकिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत