बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अध्यक्ष रोकायाविरुद्ध १४ लाखको भ्रष्टाचार मुद्दा

बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


गणेश विक


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यक्ष वर्क बहादुर रोकाया,वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगरविरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा ४ का वडाअध्यक्ष भीम बहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेषमा आरोपपत्र दायर भएको हो ।

आर्थिक वर्ष २०७६७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

तर कामै नगरी २०७७र७८ भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा फिल्डमा काम सम्पन्न नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएको थियो ।

अख्तियारले उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग गरेको छ ।

जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी, गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१३ गते।

जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा अघिल्लो आ.ब.२०७६।०७७ मा रकम विनियोजन गरी कार्यसम्पन्न भएको र सोही कामलाई आधार मानी आ.ब.२०७७।०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई योजनाको आ.ब. २०७६।०७७ मा बार्षिक बजेट विनियोजन भई फिल्डमा कार्य सम्पन्न भइसकेको, आ.ब. २०७७।०७८ को बार्षिक योजना किताबमा उक्त सिम्लका घट्ट सिंचाई योजना नरहेको र फिल्डमा कुनै कामसमेत नभएकोमा पहिले नै सम्पन्न भइसकेको योजनालाई आ.ब. २०७७।०७८ मा उक्त योजनाको उपभोक्ता समिति र गाउँपालिका बीच सम्झौता, लागत अनुमान, प्राविधिक मूल्याङ्‍कनसहितको Measurement book, valuation sheet and work completion report समेतका गलत लिखत तयार गर्ने/गराउने कार्य गरी सोही गलत लिखतको आधारमा उपभोक्ता समितिलाई भुक्तानीको लागि सिफारिस गरेको, योजना नै नरहेको कामको लागत अनुमान, सम्झौता पत्र, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन लगायतका गलत लिखत कागजातहरु लुकाउने छिपाउने बदनियतले च्याते/च्यात्न लगाएको र झुट्टा बिल भरपाईको आधारमा रु.१४,०८,८१७।- रकम भुक्तानीको लागि चेकसमेत दिए लिएको देखिएबाट उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश…



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत