बुधबार, बैशाख २३, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • इन्द्रचोकमा पेस्तोल देखाउँदै लुटपाट प्रयास गर्ने दुई जना पक्राउ

इन्द्रचोकमा पेस्तोल देखाउँदै लुटपाट प्रयास गर्ने दुई जना पक्राउ


कान्तिपथ


काठमाडौंको वसन्तपुरस्थित इन्द्रचोकमा सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते हेलमेट लगाएर पसलभित्र छिरेका उनीहरूले महिलामाथि पेस्तोल ताक्दै गरगहना लुट्ने प्रयास गरेका थिए।

तर पसल सञ्चालक महिलाले साहस देखाउँदै कुर्सीले प्रतिकार गरेपछि उनीहरू भाग्न बाध्य भएका थिए। घटनापछि प्रहरीले खोजी तीव्र बनाउँदै एक सातापछि दुवैलाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर ठिमीका ३० वर्षीय विकेश राजवहाक र काठमाडौं–१९ का ३४ वर्षीय अरुण भुजेल रहेका छन्। उनीहरूको साथबाट एक थान चाइनिज पेस्तोल, म्यागजिन र एक राउन्ड गोली बरामद गरिएको छ।

अनुसन्धानका क्रममा उनीहरू अन्य लुटपाट घटनामा पनि संलग्न रहेको खुलेको छ। पुस २१ गते काठमाडौं–२५ स्थित एक होलसेल पसलमा समेत पेस्तोल देखाएर सुन, नगद र मोबाइल लुटेको प्रहरीले जनाएको छ।

प्रहरीले अन्य सम्भावित घटनाबारे पनि अनुसन्धान जारी राखेको छ भने प्रयोग गरिएको हतियारको स्रोतबारे समेत खोजी भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत