सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध हालका लागि ‘रेड नोटिस’ जारी गर्न नसकिने भन्दै इन्टरपोलले जवाफ दिएको छ।
इन्टरपोलले सम्बन्धित कसुर स्पष्ट नभएको र अनुसन्धानको अवस्था पर्याप्त नपुगेको उल्लेख गर्दै यस्तो नोटिसका लागि आवश्यक मापदण्ड पूरा नभएको जनाएको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रेड नोटिसका लागि प्रक्रिया अघि बढाइएको थियो।
सुरक्षा स्रोतका अनुसार इन्टरपोलले कसुरको प्रकृति, अनुसन्धानको प्रगति र आधारबारे थप स्पष्टता माग्दै पठाइएको अनुरोध फिर्ता गरेको हो। हाल देउवा दम्पती विदेशमा रहेको बताइए पनि यसबारे आधिकारिक पुष्टि भने सार्वजनिक गरिएको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ