सोमवार, बैशाख ९, २०८२

चलचित्र ‘एन्जिला’ : संघर्ष, सपना र सफलताको कथा


Jebin Rimal


नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘एन्जिला’ हालै प्रदर्शनमा आएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गरेको यस चलचित्रले एक खेलाडीको संघर्ष, समर्पण, र सफलताको कथा मार्मिक रूपमा प्रस्तुत गरेको छ। चलचित्रले दर्शकलाई भावुक मात्र बनाउँदैन, उनीहरूको मनमा गहिरो प्रभाव पार्छ।

‘एन्जिला’ चलचित्रले एक ग्रामीण परिवेशबाट उदाएकी युवतीको फुटबलप्रतिको लगाव, पारिवारिक तथा सामाजिक चुनौतीहरू र अन्ततः राष्ट्रिय टिमको कप्तानसम्मको यात्रा चित्रण गर्छ। चलचित्रले खेलकुद क्षेत्रमा महिलाहरूले भोग्ने कठिनाइहरूलाई वास्तविक रूपमा उजागर गर्दै दर्शकलाई प्रेरित गर्ने प्रयास गरेको छ।

चलचित्रकी मुख्य पात्र एन्जिला तुम्बापो सुब्बाले आफ्नै भूमिकामा अभिनय गर्दै जीवन्त प्रस्तुति दिएकी छिन्। उनको संघर्ष, उत्साह र सफलताको कथालाई पर्दामा उतार्न उनले उत्कृष्ट प्रयास गरेकी छिन्।

उनका साथमा दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय पनि सराहनीय छ।

निर्देशक मिलन चाम्सले गैर कलाकारहरूबाट समेत उत्कृष्ट अभिनय गराउन सफल भएका छन्, जसले चलचित्रलाई थप यथार्थपरक बनाएको छ।

चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन जसले इलामको आइतबारे, झापा र काठमाडौंका सुन्दर दृश्यहरूलाई कुशलतापूर्वक कैद गरेका छन्। दृश्यहरू वास्तविक लाग्छन्, जसले कथाको भावनात्मक पक्षलाई अझ मजबुत बनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत