काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार राजावादी आन्दोलनका नाममा अराजक गतिविधि मच्चाएको, सार्वजनिक सम्पत्तिमा आगजनी गरेको तथा लुटपाटमा संलग्न भएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
राजधानीको विभिन्न स्थानमा राजसंस्थाको पुनःस्थापनाको मागसहित आन्दोलन भएकाे थियो।
प्रहरीका अनुसार आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा निकायले हस्तक्षेप गर्नुपरेको थियो।
यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मिश्र र जबरासँगै अन्य केही कार्यकर्ताहरूलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ