बुधबार, फाल्गुन ६, २०८२

कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)


कान्तिपथ


कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।

कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना, छैटौँ तहकै कानुन अधिकृत १ जना, छैटौँ तहकै कम्प्युटर अधिकृत १ जना, छैटौँ तहकै कर्जा अधिकृत ५ जना र चौथो तहको लेखापाल ५९ जना पदपूर्ति गर्न चाहेको सूचनामा उल्लेख छ।

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न पनि कृषि विकास बैंकले आग्रह गरेको छ।

हेर्नुहोस सूचना



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत