आइतवार, बैशाख ८, २०८२

स्रोत नखुलेको ७ लाख रकमसहित साह पक्राउ


गणेश विक


काठमाडौं । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्।

वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत