शनिबार, बैशाख १३, २०८२

कटुवा पेस्तोल र अवैध लागूऔषध गाँजासहित एक पक्राउ


कान्तिपथ


रौतहट। ईशनाथ नगरपालिका–१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित एकजना पक्राउ परेका छन् ।

गौर नगरपालिका–४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत