बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जुम्लामा कानुनको खिल्ली ? अभियुक्त प्रमिला शाही खुलेआम बजारमा, प्रहरी मौन

जुम्लामा कानुनको खिल्ली ? अभियुक्त प्रमिला शाही खुलेआम बजारमा, प्रहरी मौन


गणेश विक


जुम्ला । महिला पत्रकारमाथिको आक्रमण प्रकरणमा पक्राउ परेकी प्रमिला शाही खुलेआम बजारमा घुमिरहेको दृश्य देखिएपछि राज्य संयन्त्रको निष्पक्षता र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ।

प्रेस सेन्टर नेपाल जुम्ला तथा महिला जागरण डटकमका अध्यक्ष पत्रकार दिलमाया माथि फागुन २७ गते प्रमिलाले आक्रमण गर्नु भएको थियो ।

आफूमाथिको आक्रमणबारे प्रहरी प्रशासनमा उजुरी दिदा पनि वेवास्ता गरेको प्रहरीले लामो समयको दबाब पछि चैत्र ६ गते प्रमिला विरुद्ध अभद्र व्यवहारको मुद्धा दर्ता गरेको थियो । मुद्धा दर्तापछि पनि प्रहरीले राजनीतिक दवावका कारण प्रमिलालाई पक्राउ गरेको थिएन ।

प्रहरीको माथिल्लो निकायको दबाबपछि जुम्ला प्रहरीले अन्तत चैत्र २० गते प्रमिलालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्धामा हिरासत राखेको थियो ।

पक्राउ लगत्तै चैत्र २१ गते प्रमिलाको सामान्य स्वास्थ्य परिक्षणकाे लागि प्रहरीले अस्पताल लगेको थियो । तर पीडक प्रमिलाले हिरासत बसाईलाई छल्न पेट दुखेर विरामी भएको नाटक बनाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्जरी वाडमा भर्ना गरेको थियो ।

अस्पतालको सर्जरी वाडमा उपचारको लागि भर्ना हुदा प्रमिला विरामी जस्तो नभएर मोबाइल खेलाउँदै, फोनमा कुरा गर्दै, टिकटक बनाउदै गरेको टिकटक भिडियो पनि सार्वजनिक भएका छन ।

स्वास्थ्य उपचारमा रहदा पनि थुनुवाको सुरक्षा प्रहरी प्रशासनले गर्नु पर्ने हुन्छ । तर प्रहरीले भने सुरक्षा निगरानी विना प्रमिलालाई उपचारमा छोडेर कर्तव्य विहिन हुन पुग्यो ।

अस्पतालले पनि सेटिङ मिलाएर कुनै विरामी नभएको प्रमिलालाई इमरजेन्सी सेवामा खटिएका चिकित्सकहरुले भर्नाका लागि सर्जरी वाडमा सिफारिस गरेको पीडित पत्रकार दिलमायाले आरोप लगाउनु भएको छ । उहाँका अनुुसार प्रतिष्ठानकाे रिपाेटमा डाक्टर चेक गरेकाेे देखिदैन एक ईन्जेक्सन मात्रै लगाएको देखिन्छ ।

कानुनी प्रक्रिया विफल ?
पत्रकार दिलमाया शाहीमाथिको आक्रमणपछि शुरु भएको मुद्दा अदालती निर्णयमा नपुगेकै अवस्थामा अभियुक्तलाई छुट दिइनु, प्रहरी प्रशासनको निष्क्रियता र अस्पतालको मिलेमतोको संकेत दिन्छ।
जसरी प्रमिलालाई ‘पेट दुख्यो’ भन्दै सर्जरी वाडमा भर्ना गरियो, तर तिनै वाडमा उनी मोबाइल, फोन र टिकटकमा व्यस्त देखिइन् । याे घटनाले उपचारभन्दा पनि जुनसुकै बहानामा हिरासत टार्ने खेल देखाएको छ।

प्रहरी र अस्पतालको मिलेमतो ?

जुम्लाका प्रहरी प्रमुखले अस्पतालबाट जानकारी नआएको भन्दै पन्छिन खोज्दा, अस्पताल प्रशासन प्रमुख भने चिकित्सकको सिफारिस भन्दै जिम्मेवारी ढाकछोप गरिरहेका छन्।

तर अस्पतालको रिपोर्टमा चिकित्सकको परीक्षण नभएको र केवल इन्जेक्सन दिएको देखिनु, गम्भीर लापरबाही वा चलखेलको प्रमाण बन्न सक्छ।

मुद्धा छिनोफानो नभएको आराेपित अभियूक्त प्रमिला अस्पतालबाट डिस्चार्ज लगत्तै भागेर खुल्लम खुल्ला जुम्ला बजारमा घुमिरहदा पनि प्रहरी मुखदर्शक हुनु गम्भीर रहस्य देखिएको छ ।

राजनीतिक संरक्षणको आरोप

पीडित पत्रकारले प्रमिलालाई नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको संरक्षण रहेको आरोप लगाएकी छन्। यदि यथार्थ हो भने, यस्तो राजनीतिक हस्तक्षेपले नारी हिंसा र प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गराउँछ।

न्याय खोज्दै पीडित

पत्रकार दिलमाया शाहीले खुलेर न्यायको माग गरिरहेकी छन्। उनको भनाइमा, “राज्यले अपराधीलाई जोगाउने होइन, पीडितको सुरक्षाका लागि कानुन कार्यान्वयन गर्नुपर्छ।”

पत्रकारमाथि आक्रमण गर्ने प्रमिला मुद्धा नटुङगिदै कसरी हिरासत बाहिर जानु भयो ? यसमा दोषि को हो ? भन्ने प्रश्न नागरिक तहबाट उठेको छ ।

आक्रमणमा परि घाईते हुने महिला पत्रकार

दिलमायाले राजनीतिक दबावका कारण आफूमाथि आक्रमण गर्ने प्रमिलालाई उन्मुक्ति दिने काम भएको भन्दै दोषीमाथि तत्काल कडा कार्वाही हुनुपर्ने माग गर्नु भएको छ ।

यसवारे जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीसंग बुझदा प्रमिलालाई अस्पतालमा भर्ना गरिएको स्वीकार गर्दै डिस्चाजकोवारे अस्पतालले प्रहरीलाई जानकारी नदिएको भनेर उम्किनु भयो ।

अस्पतालका प्रशासन प्रमुख द्वन्द्व बहादुर शाहीलाई बुझ्दा उनले भने, ‘बिरामी भएपछि सर्जरी वाडमा पठाएको देखिन्छ, त्यसरी भर्ना गरिएको बिरामी केही समस्या भएर राखेको हाेला, म डाक्टरलाई बुझ्छु ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत