शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • डा. राजेश अहिराजमाथि बलात्कार आरोप : प्रहरीले आजै पक्राउ गर्ने तयारी, मधेशमा ठूलो धक्का

डा. राजेश अहिराजमाथि बलात्कार आरोप : प्रहरीले आजै पक्राउ गर्ने तयारी, मधेशमा ठूलो धक्का


गणेश विक


काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख तथा चर्चित मधेशवादी अभियन्ता डा. राजेश अहिराज बलात्कार आरोपमा मुछिएका छन्।

जबर्जस्ती करणीको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको छ भने, प्रहरी स्रोतका अनुसार उनलाई आजै राति पक्राउ गरिने सम्भावना अत्यन्तै उच्च छ।

प्रहरीको विशेष टोली अहिराजको खोजीमा खटिएको छ र राजधानी काठमाडौंदेखि तराईका सम्भावित स्थानसम्म निगरानी तीव्र पारिएको स्रोतले कान्तिपथ डटकमलाई बताएको छ।

नाबालिगमाथि वर्षौंको यौन शोषणको आरोप

जाहेरी अनुसार, पीडित युवतीले १७ वर्षको उमेरदेखि नै डा. अहिराजबाट शारीरिक तथा मानसिक यातना खेप्दै आएको बताएकी छिन्। प्रारम्भमा उनले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन्। त्यसपछि केही महिला अधिकारकर्मीहरूको सहयोगमा उनले माघ १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा औपचारिक जाहेरी दिएकी थिइन्।

प्रहरीले फागुन ३ गते उक्त जाहेरीलाई अभिलेखमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानको सिलसिलामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ आदेशसमेत लिइएको छ।

चार दिनदेखि फरार अवस्थामा अहिराज

जाहेरी दिइएको चार दिन भइसक्दा पनि अहिराज सम्पर्कबिहीन रहेका छन्। प्रहरीले उनलाई फरार अभियुक्तको रूपमा सूचीकृत गरी विशेष निगरानीमा राखेको छ। स्रोतका अनुसार, उनी काठमाडौं वा तराईका सीमावर्ती क्षेत्रमा लुकेका हुनसक्ने अनुमान गरिएको छ।

मधेश राजनीतिमा नयाँ तरंग

डा. अहिराज मधेश आन्दोलनका एक अग्रपंक्तिका नेता हुन्। उनको विरुद्ध यति गम्भीर प्रकृतिको आरोप लाग्नु मधेश राजनीतिमा गहिरो प्रभाव पार्न सक्ने देखिन्छ। धेरैले यस घटनालाई राजनीतिक र सामाजिक दृष्टिकोणले गम्भीर रूपमा हेरेका छन्।

पीडित पक्षकी एक सहयोगीका अनुसार, “हामी कानुनी प्रक्रियाअनुसार अघि बढिरहेका छौं। दोषी जो भए पनि कारवाही हुनैपर्छ।”

प्रहरीले यदि आजै राति डा. अहिराजलाई पक्राउ गर्न सके, यस घटनाले राष्ट्रिय तहमा थप बहसको विषय बन्ने संकेत देखिएको छ।

जाहेरीवालको परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) राखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत