शनिबार, मंसिर २७, २०८२

नेपाल प्रहरीमा डीआईजी बढुवाको सरगर्मी : राजनीतिक चलखेल चर्किंदै


गणेश विक


काठमाडौं । नेपाल प्रहरीमा एआईजी बढुवा सिफारिससँगै अब डीआईजी दर्जामा बढुवाको दौडधूप चुलिएको छ ।

डीआईजी तहमा हाल १० स्थान रिक्त रहेका छन् भने ती स्थानमा ११२ टोलीका १५ जना अधिकृतहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

बढुवा प्रक्रियाको पेचिलो मोड

११२ टोली अन्तर्गतका प्रहरी अधिकारीहरू २०५६ असार ३ गते नियुक्त भएका हुन् ।

प्रारम्भिक सेवाकालमा एउटै ब्याचका रूपमा अगाडि बढेका यी अधिकृतहरू पछि एसपी र एसएसपी तहमा विभिन्न चरणमा बढुवा भए ।

अहिले डीआईजी दर्जाको बढुवामा पुगेको यो टोलीभित्र नै बढुवाको लाइन निर्धारण गर्ने क्रमले पेचिलो मोड लिएको छ ।

बिहीबार सम्पन्न एआईजी बढुवामा अघिल्लो बढुवा वरियताकै आधारमा सिफारिस गरिएको थियो । यही अभ्यास दोहोरिएको खण्डमा ११२ टोलीकै पहिलो लटबाट एसएसपी बढुवा भएका अधिकृतहरू डीआईजीको सूचीमा अटाउने संभावना प्रबल देखिन्छ ।

बढुवाको सम्भावित नामावली
स्रोतका अनुसार २०८० वैशाख २४ मा एसएसपीमा बढुवा भएका १८ जना अधिकृतमध्ये हाल १५ जना डीआईजी प्रतिस्पर्धामा रहेका छन् । उनीहरूको बढुवा वरियता यसप्रकार छ:

१. विश्व अधिकारी
२. भूपेन्द्रबहादुर खत्री
३. सानुराम भट्टराई
४. ओमप्रसाद अधिकारी
५. शेखर खनाल
६. अविनारायण काफ्ले
७. सोमेन्द्रसिंह राठौर
८. मुकुन्द मरासिनी
९. दीपसमशेर जबरा
१०. गोपालचन्द्र भट्टराई
११. प्रवीण पोखरेल
१२. गंगा पन्त
१३. कृष्णबहादुर पल्ली मगर
१४. तारादेवी थापा
१५. प्रज्वल महर्जन

शक्तिकेन्द्रको प्रभाव र सम्भाव्य विवाद

बढुवा प्रक्रियामा पछिल्लो समय राजनीतिक पहुँच, ब्याच लाइन मिच्ने प्रयास तथा शक्ति सन्तुलन मिलाउने चलखेल पनि देखिएको छ ।

प्रहरी प्रमुख आईजीपी दीपक थापा भने अघिल्लो वरियताकै आधारमा बढुवा गर्नुपर्ने अडानमा छन् ।

त्यसका अतिरिक्त, ११२ टोलीका केही अधिकृतलाई डीआईजी लाइनमा भित्र्याउने प्रस्ताव पनि चर्चामा आएको छ । २०५८ साउन १८ मा प्रहरी निरीक्षक नियुक्त भएको यो टोलीमा रमेश थापा, अजय केसी, अनुपमसमशेर जबरा लगायत छन्, तर उनीहरू एसएसपीमा पछाडि परेकाले तत्काल डीआईजीमा पुग्ने सम्भावना न्यून देखिन्छ।

हालको अवस्थाले हेर्दा ११२ टोलीभित्रकै २०८० वैशाख २४ मा एसएसपी भएका अधिकारीहरूबाट डीआईजी छनौट हुने संकेत प्रष्ट छ ।

यद्यपि, चलखेल, राजनीतिक हस्तक्षेप र आन्तरिक शक्ति समीकरणले अन्तिम घडीमा समिकरण फेरिन सक्ने सम्भावना पनि रहन्छ।

बढुवा सिफारिस प्रक्रियाले निष्पक्षता र पारदर्शिताको उदाहरण पेश गर्छ कि विवादको स्रोत बन्छ, त्यसको उत्तर निकट भविष्यमै स्पष्ट हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत