मङ्लबार, बैशाख ३०, २०८२

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ


कान्तिपथ


नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत