बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • शपथ लिएको भोलिपल्ट मधेस मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शपथ लिएको भोलिपल्ट मधेस मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर


कान्तिपथ


काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गत मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष कमल उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार मुद्दा दायर गरेको हो ।

उपाध्यायले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

त्यसको भोलिपल्ट नै विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध आरोपपत्र दायर भएको हो ।

केएस मल्टिपरपोज कम्पनीका अध्यक्षसमेत रहेका उपाध्यायले बाराको पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७-७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरेर रेकर्डमा राखेन् गरीमात्र एक प्रति प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत