शनिबार, कार्तिक २९, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जुम्लाको प्रतिष्ठानमा ‘लोकसेवाले लिएकै पदमा पुनःकरार कर्मचारीको विज्ञापन’ पावरको दुरुपयोग, अख्तियारमा उजुरी

जुम्लाको प्रतिष्ठानमा ‘लोकसेवाले लिएकै पदमा पुनःकरार कर्मचारीको विज्ञापन’ पावरको दुरुपयोग, अख्तियारमा उजुरी


कान्तिपथ


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला मापावरको व्यापक दुरुपयोग भएको छ । प्रतिष्ठानका उच्चतहका पदाधिकारीहरुले लोकसेवा आयोगले लिएको परिक्षाको अन्तीम नतिजा नआउदै उहि पदमाआफ्ना मान्छे राख्न करार विज्ञापन खोलेका छन ।


सत्तारुढदल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले एमाले निकट स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति मंगल रावत र रजिष्ट्रार नृपेन्द्र महतलाई प्रयोग गरी प्रतिष्ठानमा कार्यकर्ता भर्ति गर्न यस्तो चलखेल गरेका हुन । प्रतिष्ठानमा गतमंसिर २८ गते लोकसेवाआयोग मार्फत करिव २ सय कर्मचारीहरुको खुल्ला विज्ञापन आहवान गरिएको थियो ।

जसको परिक्षाफागुन ३ गते भएपनिनतिजाअहिलेसम्म सार्वजनिकभएको छैन । लोकसेवाआयोगले लिएको स्थायी दरवन्दीको परिक्षाको नतिजानआउदै उहीपदहरुमा प्रतिष्ठानले पुनः करार कर्मचारी मागगर्दै विज्ञापन खोलेको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी उपकुलपति डा. रावल र रजिष्ट्रार महतले २०८१ सालफागुन १२ गते प्रतिष्ठानको वेवसाईटमा करार कर्मचारीको विज्ञापन प्रकाशन गर्नु भएको थियो ।


प्रतिष्ठानले करार कर्मचारी भर्नाकालागिखोलिएको विज्ञापनमा परिक्षाको लागि यहि वैसाख ५ गते सूचना सार्वजनिक गरेको छ । जसको लिखित परिक्षा वैसाख १२ गते हुने उल्लेख छ ।


प्रतिष्ठानले संस्थाको आधारभूत नियमको पालना नगरी कानुनविपरित आफ्ना मान्छेहरुलाई सेटिङ्ग गर्न करार कर्मचारीहरुको विज्ञापन सार्वजनिक गरिएको एक कर्मचारीले बताएका छन ।


उनले स्थायी पद र करार पदमापदहरु दोहोरिनु लोकसेवाआयोगको परिक्षामा आफना मान्छेहरु नपर्ने त्रासले नयाँ पदको सृजना गरी सेटिङ्ग गर्न खोजिएको आरोप लगाएका छन ।


स्थायी र करार पदमा आइटी अफिसर र रेडियोग्राफर दोहोरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइटीमा अहिले पनि २ जना कर्मचारीले काम गरिरहेका छन ।


प्रतिष्ठानको मंसिरमा सार्वजनिक गरिएको विज्ञापनमा एक स्थायी पद खोलिएको छ । फेरि पनिअहिले आफ्ना पार्टीका र आफ्नो मान्छेहरुलाई सेटिङ्ग गर्न थप एक जना करार आइटीको विज्ञापन खोलिएको छ ।प्रतिष्ठानले रेडियोग्राफरमा पनि कर्मचारी प्रयाप्त हुदाहुदै स्थायी र करार दुवै खोलेको छ । प्रतिष्ठानको लाइब्रेरी कक्षमा अहिले पनि तीन जना कर्मचारीहरुले काम गरिरहेका छन । जहाँ दरबन्दी नै छैन । अस्पताल प्रशासनले अहिले थप १ जना करार कर्मचारीको माग गरेको छ ।


प्रतिष्ठानको अस्पतालको ल्यावमा अहिले १२ जनाकर्मचारी कार्यरत छन । जो अस्पतालका लागि प्रयाप्तहो । तर ल्याव टेक्नोलोजिष्ट, रेडियो टेक्नोलोजिष्टमा आफ्ना मान्छेहरुलाई घुसाउन फेरी पनि करार विज्ञापन खोलिएको एक कर्मचारीले बताएका छन ।

अस्पताल प्रशासनको आन्तरिक श्रोतले दिएको जानकरी अनुसार प्रतिष्ठानले खोलेका करार कर्मचारीको कारण प्रतिष्ठानलाई वार्षीक ५ करोड १७ लाख, ७८ हजार ६ सय ८० रुपैया आर्थिक भार थपिने छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीको सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०६९ पाँचौ संशोधन (२०८१।०८।२८) को परिच्छेद ४ को नियम ३२ मा प्रतिष्ठानको सभावाट स्वीकृत दरबन्दीमा रहि कुनै विषेश कामका लागि मात्र शिक्षक वा कर्मचारी भर्ना गर्न सकिने र खुला प्रतिस्पर्धाको आधारबाट मात्र करार सेवामा नियूक्तगर्न सकिने व्यवस्था छ ।


प्रतिष्ठानमा हाल कार्यरत कर्मचारी यस अघि स्थायी पदका लागि विज्ञापन गरेको पद संख्या र हाल विज्ञापनका पदहरु हेर्दा दरबन्दी भन्दा धेरै पदहरु सभाबाट स्वीकृत समेत नगराई विज्ञापन गराईएको पाईएको छ ।
विज्ञापनको धेरैजसो पदमा अन्तर्वाताबाट मात्र परिक्षा लिन खोजेको देखिदा नियमविपरित भएको आन्तरिक श्रोतको दाबी छ ।

प्रतिष्ठानले वैशाख ५ मा सार्वजनिक गरेको परिक्षाको सूचनामा ल्यावटेक्नोलोजिष्ट, रेडियो टेक्नोलोजिष्ट,आईटी अधिकृत,ल्याव असिष्टेन्ट, लाईब्रेरियन र रेडियोग्राफरको लिखित परिक्षाशुक्रवार दिउसो २ बजेबाट हुने तोकेकोे छ ।


‘एकातिर प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिदैछ, अर्कोतिर स्थायीपदमा ठुलो संख्यामा शिक्षक तथा कर्मचारी लोकसेवाबाट आउदैछ यो बेला करार पदमा परिक्षा गर्न खोल्नु पावरको चरम दुरुपयोग हो’ एक कर्मचारीले बताएका छन । यसभित्र ठुलो आर्थिक चलखेल भएको पनि दावी गरिएको छ ।


अस्पताल प्रशासनका एक कर्मचारीले बताए अनुसार आफ्ना नजिक कानातेदारहरुको भर्ति गर्न यसो गरिएको हो । किनकी स्थायी परिक्षाको नतिजामा आफन्तहरुको नामहरु आउने निश्चित नै छैन । जसले गर्दा करार दरवन्दी खोलेर आफन्तहरुलाई सेटिङ गर्न खोजिएको हो ।

अस्पताल प्रशासनका एक जना कर्मचारीले प्रतिष्ठानको अनिमियताका विषयमाअख्तियार दुरुपयोग अनुसन्धानआयोगको सुर्खेत कार्यालयमा २०८१ सालफागुन १९ गते विज्ञापन रद्दको माग गर्दै उजुरी परेको खुलासा गरेका छन । तर अख्तियार दुरुपयोग अनुसन्धानआयोगले यसवारे तिव्र चासो दिएको पाईएको छैन ।


जसका कारण अस्पतालको उच्चतहले आफना पार्टी निकट र आफ्नो नातेदारहरुलाई करार कर्मचारीको रुपमा भित्र्याउन निकै जोडतोडका साथ लागेको छ ।


प्रतिष्ठानको उच्चतहले वैसाख १२ गते हुने परिक्षामा कुन पदमा कुन मान्छे ल्याउन खाजेको हो ? त्यो पनि परिक्षा अगाबै खुलासा भएको छ । ‘यो परिक्षा नभएर परिक्षाको नाटक मञ्चन मात्र गरिएको हो’ एक कर्मचारीले आरोप लगाए ।

अहिले प्रतिष्ठानका उपकुलापति रावतभने अवकास भईसक्नु भएको छ । प्रतिष्ठानको कार्यवाहक निमित्त उपकुलपति डब्बल बहादुर धामी तोकिनु भएको छ । उहाँलाई यसवारे बुझन खोज्दाआफू जुम्ला बाहिर भएकाले केही भन्नन सकिने प्रतिक्रिया दिनु भएको छ ।

स्थायी र करारका बिज्ञानपनहरु

परिक्षा नहुदै को –को छानिदै छन कर्मचारीहरु ?

प्रतिष्ठानले वैसाख ५ मा सार्वजनिक गरेको परिक्षाको सूचनामा ल्यावटेक्नोलोजिष्ट,रेडियो,टेक्नोलोजिष्ट,आईटी अधिकृत,ल्याव असिष्टेन्ट, लाईब्रेरियन र रेडियो ग्राफरको लिखित परिक्षा यही शुक्रवार दिउसो २ बजेबाट हुने तोकेकोे छ ।
त्यस्तै विज्ञापनको सि.नं. ७ मा भएकोMD in Forensic विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा.बिनम्र विष्टलाई लिने सुनिश्चत गरिएको आरोप छ भने विज्ञापनको सि.नं. ८ मा भएको MSc in Biostatistics विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा. उमेशराज अर्याललाई लिने सुनिश्चत गरेको आरोप छ ।

त्यस्तै विज्ञापनका सि.नं. ९ मा भएको MD in Biochemistry विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा.तीर्थ नारायण शाहलाई लिने सुनिश्चत भएको आरोप छ भने विज्ञापनको सि.नं. १० मा भएको MSc/PhD in Microbiology विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा. चन्दनकुमार ठाकुरलाई लिने सुनिश्चत गरिएको आरोप छ ।

विज्ञापनको सि.नं. ११ मा भएको MA in Sociology  विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी तथा नेकपा माओवादी जुम्ला जिल्ला पार्टीका सहइन्चार्ज दल जि.सिकी श्रीमती सन्दिया चौलागाईलाई लिने सुनिश्चत गरिएको आरोप छ ।
त्यस्तै विज्ञापनको सि.नं. १५ मा भएको Radio Technologist विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको भिनाजु चन्दननाथ नगरापालिका वडा नं. ३ निवासी क्षेत्र बुढ्थापाको छोरीलाई लिने सुनिश्चत गरिएको आरोप छ ।
त्यस्तै विज्ञापनको सि.नं. १७ मा भएको IT Officer विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको भान्जा चन्दननाथ नगरापालिका चन्दननाथ नगरपालिका ५ निवासी उमेश रोकायालाई लिने सुनिश्चत गरिएको छ भने लाइबेरीतर्फ पदम स्वर्णकार लाई ल्याउने तयारी गरिएको छ । त्यस्तै विज्ञापनको सि.नं. १९ मा भएको Lab Assistant  विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको नातेदार एमाले कार्यकर्ता संगिता कार्की र जनक भण्डारीलाई लिने मनसायका साथ खोलेको बताइएको छ । यसरी व्यक्ति र पद सिर्जना गर्दै प्रतिष्ठानलाई कार्यकर्ता भर्ती केन्द्र बनाउनु हुँदैन भन्दै अख्तियारमा उजुरी दिइएको बताइएको छ ।

त्यस्तै यस अघि पनि उमेश रोकायालाई लिने मनसायका साथ मिति २०६९।०४।२५ गते भएको विज्ञापनमा अख्यिारमा उजुरी परेको थियो । प्रतिष्ठानले उक्त सातौ तहको विज्ञापन रद्द गर्यो र पुन फेरी मिति २०६९।१२।२५ गते निजलाई नै लिने मनसायले विज्ञापन गर्दा मिति २००००३/१, २००/०४/०१ र २००।०४।०५ अख्तियारमा उजुरी थियो ।तर अख्तियारले समेत कुनै प्रतिकृया समेत नगरे पछि निजालाई तह ६ मा नियुक्त गरेको थियो ।अहिले पनि निजलाई तह ७ मा लिने सुनिश्चत भएकोले विज्ञापन गरेको प्रतिष्ठान स्रोतको आरोप छ ।त्यस्तै प्रतिष्ठानका पदाधिकारीले पटक पटक यसरी पद विभाजन गर्दै सधैँ कार्यकर्ता भर्ती गरिरहने र कुनै पनि कारवाही नहुने हो भने सोझा नागरिकको रोजगार देखि गुणस्तरी सेवा पाउनबाट बञ्चित हुने भएकाले सबै नागरिक जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

कर्मचारी भर्ना गर्न सकिने ब्यवस्था
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली २०६९ (पाँचौ संशोधन २०८१।८।२८ गते समेतको परिच्छेद ४ को नियम ३२ मा प्रतिष्ठानको सभावाट स्वीकृत दरवन्दीमा रही कुनै विषेश कामका लागि मात्र शिक्षक वा कर्मचारी भर्ना गर्न सकिने र खुला प्रतिस्पर्धाको आधारबाट मात्र करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था छ ।

प्रतिष्ठानमा हाल कार्यरत कर्मचारी, यस अघि स्थायी पदका लागि विज्ञापन गरेको पद संख्या र हाल विज्ञापित पदहरु हेर्दा दरवन्दीभन्दा धेरै पदहरु सभाबाट स्वीकृत समेत नगराई विज्ञापन गराएको र उक्त विज्ञापन अन्तर्वाताबाट मात्र लिन खोजेकोले नियम विपरित भएको र प्रतिष्ठानलाई थप आर्थिक भार पारी कार्यकर्ता भर्ती गर्न खोजिएको भन्दै प्रतिष्ठानका एक कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन । उनका अनुसार उस्तै पदका लागि लोकसेवा आयोगमार्फत स्थायी खुलेको र फेरि पनि उही पदको लागि करार सेवामा कर्मचारी लिन खोज्नु प्रतिष्ठानको आबश्यकता नभइ आफन्त राख्ने नियत भएको बताएका छन् ।

प्रतिष्ठानले मिति २०१ ।८।२८ गते लोकसेवा आयोग मार्फत करिब २०० जना भन्दा धेरै शिक्षक तथा कर्मचारीहरुको स्थायी पदपुर्तिका लागि सूचना प्रकाशन गरी उक्त सूचना अनुरुप लिखित परिक्षा संचालनको लागि मिति २०१।११।०३ गते लोक सेवा आयोगले लिखित परिक्षाको लागि सूचना समेत जारी गरिसकेको अवस्था छ ।
यसरी प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिन लाग्दा स्थायी पदमा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी आउन लाग्दा के कारणले थप करार शिक्षक तथा कर्मचारी लिन पर्ने बाध्यता आयो ?उनले भनेका छन्, यो परिस्थितिलाई मध्यनजर गरी हेर्दा कार्यकाल सकिन लाग्दा आफु निकटका करार कर्मचारी भर्ना गरी प्रतिष्ठानलाई आर्थिक भार पार्ने मनसाय हो । करारमा यी पद सिर्जना हुँदा प्रतिष्ठानलाई रु.५करोड १७ लाख ७ हजार ६८० आर्थिक भार थपिने देखिएको छ ।
कति पर्छ आर्थिक भार
प्रतिष्ठानमा यसरी पदाधिकारीको पदावधि सकिन लाग्दा स्थायी पदमा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी आउन लाग्दा के कारणले थप करार शिक्षक तथा कर्मचारी लिन पर्ने बाध्यता आयो ? प्रतिष्ठानको ऐन २०६९ को परिच्छेद १० को दफा ४३ मा नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको आर्थिक स्वीकृति लिनु पर्नेछ भन्ने व्यवस्था छ । प्रतिष्ठानको हालको बार्षिक आम्दानी करिव २४ करोड २० लाख भएको र हाल कार्यरत कर्मचारीहरुको बार्षिक तलब खर्च करिव रु. ४२ करोड ५० लाख भएको र हाल प्रतिष्ठानले गरेको स्थायी र करार सेवाका कर्मचारीहरुको बार्षिक खर्च करिव ३० करोड २१ लाख ४ हजार २० हुने भएकोलेले जम्मा कमाई र खर्चको हिसाव गर्दा संस्था करिब रु ४८ करोड ५१ लाख ४ हजार २० ऋणात्मक भएको अवस्था हुँदा हुँदै कार्यकाल सकिन लाग्दा ठूलो संख्यामा करार कर्मचारी भर्ना गरी संस्थालाई धारासायी गर्न खोजेको देखिएको छ ।
संस्थालाई दीर्घकालीन असर पर्ने क्रियाकलाप पार्ने पदाधिकारीबाट पटक पटक हुँदा समेत यहाँका सरोकारवाला मौन बसेका छन् ।यसरी नियम कानुन मिचेर आफ्नो कार्यकर्ता भर्ती गरेको पटक पटक जनगुनासो आउँदासमेत कारवाही नहुने हो भने सोझा जनता सधैँभरि मारमा पर्ने र संस्था कमजोर हुँदै जाने देखिन्छ । यस बिषयमा बुझ्न खोज्दा प्रतिष्ठानका निमित्त उपकुलपति डाक्टर डब्बल बहादुर धामीले कुनै पनि प्रतिक्रिया दिन मान्नु भएन । उनले खास के हो ? यस बिषयमा अध्ययन गरेर महिला जागरणलाई जवाफ दिने बताए ।

  योस्तो छ अख्तियारमा परेको उजुरी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत