आइतवार, मंसिर २८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा

इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा


कान्तिपथ


गाजा । इजरायलले अनिकाल र भोकमरी फैलिएको गाजामा मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ।

राष्ट्र संघीय संस्था युएनआरडब्लुएका अनुसार गाजामा जीवन बचाउने सहायताका लागि जान खोजेका लगभग ३ हजार ट्रकहरू क्रसिङहरूमा पर्खिरहेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार ती ३ हजार ट्रकमा १ लाख १६ हजार मेट्रिक टन भन्दा बढी खाद्य सहायता रहेको छ, जो चार महिनासम्म एक मिलियन मानिसहरूलाई खुवाउन पर्याप्त रहेको छ ।

उता इजरायलले प्यालेस्टिनीहरू विरुद्ध भोकमरी हतियार बनाइएकाले कुपोषणले धेरै बालबालिकाको ज्यान लिइसकेको जनाइएको छ।

गाजाको सरकारी मिडिया कार्यालयले इजरायलले गरिरहेको नाकाबन्दीका कारण प्यालेस्टिनी बालबालिकाको पीडालाई बढाएको आरोप लगाएको छ, जसले दैनिक भोकमरीको सामना गरिरहेका १.१ मिलियन मध्ये ६५ हजार भन्दा बढी बालबालिकालाई व्यापक रूपमा तीव्र कुपोषणले असर गर्न थालेको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत