मङ्लबार, माघ ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाल पत्रकार महासंघ काठमाडौं, शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं, शाखाको सूचना अधिकारीमा गणेश विक


कान्तिपथ


काठमाडौं । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् ।

पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् ।

शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ ।

महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।

पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् ।

विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् ।

विकले विगतमा अनुसन्धानमूलक पत्रकारितामार्फत सामाजिक विकृति, अपराध र सत्ता दुरुपयोगका विविध घटनाहरुलाई उजागर गर्दै आएका छन् ।

शाखाले विकलाई विश्वास व्यक्त गरेको छ कि विकको पत्रकारिता अनुभव र सक्रियताले महासंघको सूचना व्यवस्थापन थप प्रभावकारी र जनमुखी बन्नेछ ।

नयाँ जिम्मेवारी पाएकोमा विकले महासंघप्रति आभार प्रकट गर्दै पत्रकारहरूको हकहित र सूचना प्रवाहमा आफू पूर्ण रूपले समर्पित रहने बताएका छन् ।

यस निर्णयसँगै विकले शाखा र पत्रकारबीच सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको शाखाका सचिव रमेश कुमार बोहोरा बताउँछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत