रौतहट । नेपाल सरकारले वि.सं.२०७९ श्रावण २ गते अनुचित ऋण र कागजात खारेजी हरवाचरवाको मुक्तिको घोषणा गरेको र हरवाचरवा मुक्तीको घोषणा भएको २ बर्ष ७ महिना बिती सक्दा समेत हालसम्म तथ्याँक संकलन तथा पुनस्र्थापनाको कुनै पनि कार्य शुरुवात समेत नभएकोले सन्र्दभमा उक्त सवाल सम्बोधन गर्न स्थानिय सरकारले पहल कदमी लिनुपर्नेमा जोड दिईएको छ । सो कुरा आज राष्ट्रिय हरवाचरवा अधिकार मञ्चद्धारा बारा जिल्लाको करैयामाई गाऊँपालिका र रौतहटको माधवनारायण नगरपालिकामा आयोजित मुक्त हरवाचरवा पुनस्र्थापनाका लागि बजेट पैरवी सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बताएका हुन ।

कार्यक्रमको अवसरमा बोल्दै करैयामाई गाऊँपालिका अध्यक्ष शम्भुप्रसाद यादवले स्थानिय सरकारको आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति र कार्यक्रम तथा बजेटमा मार्फत मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणीकरण र परिचयपत्र सम्बन्धी कार्यबिधी निर्माण गरि उनीहरुको न्यायिक पुनस्र्थापनाको काम थालनी गरिने कुरा बताए । त्यसैगरी माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले पालिकको पहलमा मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणीकरण र परिचयपत्र सम्बन्धी कार्यबिधी निर्माण मार्फत उनीहरुको पुनस्र्थापना गरिने बताए । साथै उहाँले पालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट मार्फत मुक्त हरवाचरवाको सवाल गराउन सरकारको गम्भीर ध्यानार्कषण भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा बिभीन्न माग सहित जिल्ला हरवाचरवा अधिकार मञ्चद्धारा सम्बन्धित पालिकामा सुझाव पत्र पेश गरिएको छ । राष्ट्रिय दलित नेटवर्क, नेपालका संरक्षक एवं सुदूरपश्चिम प्रदेश सरकार नीति तथा योजना आयोगका पुर्व उपाध्यक्ष गणेश बिश्वकर्माले मुक्त हरवाचरवा आन्दोलन, सरकारद्धारा गरिएको मुक्तिको घोषणा र पुनस्र्थापनाका लागि आगामी दिनहरुमा सरकारद्धारा चालिनुपर्ने पहलकदमी सम्बन्धी अवधारणागत प्रस्तुती गरे । द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा रहेका करिव १ लाखभन्दा बढी हरवाचरवा परिवारहरु मुक्तिको घोषणा पछि पनि हरवाचरवाको पुनस्र्थापनाको काम अघि बढन नसकेकोले उनीहरुको जनजीवीकाको सवाल झन धरासायी बन्न पुगको बताए ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवतीदेवी मण्डलले मुक्त हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र जमिन वितरण नगरुन्जेलसम्म हरवाचरवा बस्दै आएको जमिनबाट उनीहरुलाई विस्थापित नगर्ने नीति बनाईनु पर्ने बताईन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ