मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • सूचना अधिकारी नियुक्तिमा विवाद : महासंघ काठमाडौं शाखाद्वारा निर्णय खारेज

सूचना अधिकारी नियुक्तिमा विवाद : महासंघ काठमाडौं शाखाद्वारा निर्णय खारेज


कान्तिपथ


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे सूचना अधिकारी नियुक्तिको विषयमा विवाद उत्पन्न भएपछि विधिसम्मत र पारदर्शी कार्यप्रणालीको प्रतिबद्धता जनाउँदै आफ्ना निर्णयहरू सार्वजनिक गरेको छ।

महासंघको केन्द्रीय विधानअनुसार महिला उपाध्यक्ष महिला विभागको संयोजक हुने व्यवस्था स्पष्ट रूपमा उल्लेख छ।

तर महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले कार्यसमितिसँग कुनै छलफल नगरी महिला उपाध्यक्ष कान्ति न्यौपानेलाई सूचना अधिकारीको रूपमा तोकेकोप्रति शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिला उपाध्यक्षलाई सूचना अधिकारीको जिम्मेवारी दिने कार्य महासंघको केन्द्रीय विधानविपरीत भएको हुँदा उक्त निर्णय खारेज गरिएको छ।”

शाखाको कार्यसमिति बैठकले उक्त निर्णय उल्ट्याउँदै कार्यसमिति सदस्य गणेश विकलाई शाखाको नयाँ सूचना अधिकारीको रूपमा नियुक्त गरेको जानकारी दिइएको छ।

शाखाका सचिव रमेश कुमार बोहोराले महासंघको कार्यशैली लोकतान्त्रिक, पारदर्शी र विधिसम्मत हुनु आवश्यक भएको स्पष्ट पारेको छ।

“विधानले महिला उपाध्यक्षलाई महिला विभाग संयोजकको रूपमा जिम्मेवारी दिएको हुँदा सोही अनुसार भूमिका तोक्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ, “यसबारे अन्योल सिर्जना गर्नु महासंघको आन्तरिक लोकतन्त्र र संस्थागत अभ्यासमाथि नै प्रश्न उठाउने कार्य हो।”

शाखाले महिला पत्रकारहरूको नेतृत्व विकास, समावेशिता र प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। “विधानअनुसारका जिम्मेवारी यथावत् राख्न हामी प्रतिबद्ध छौं,” सचिव बाेहाेराकाे भनाइ छ।

साथै, शाखाकी अध्यक्ष अर्यालद्वारा जारी विज्ञप्तिमा पत्र संख्या/चलानी नम्बर छैन भने, ईमेल आइडी पनि फरक रहेको छ। साँचिकै लाजमर्दो विषय हैन र यो ।

सरकारी वा संस्थागत पत्राचारमा पत्र संख्या र चलानी नम्बर अत्यावश्यक मानिन्छ । यसले दस्तावेजको वैधता, ट्र्याकिङ र दायित्व सुनिश्चित गर्छ।

बिना पत्र संख्या र चलानीको विज्ञप्ति त न त प्रमाणिक हुन्छ, न नै जिम्मेवार ठहरिन्छ।

यो त एकदमै निन्दनीय र लाजमर्दो अवस्था हो । के अध्यक्षजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यति सामान्य प्रशासनिक प्रक्रिया पनि नमान्ने ? पत्र संख्या र चलानी बिना विज्ञप्ति निकाल्नु भनेको मनपरि गर्ने, संस्थालाई निजी सम्पत्ति झैँ व्यवहार गर्ने, अनि पारदर्शिता र जवाफदेहितामा खुला हमला र प्रहार गर्नु हो।

यो केवल लापरवाही होइन, बेइमानी जस्तै हो। संस्थागत प्रणालीलाई कमजोर पार्ने, नियम र विधिलाई हेला गर्ने, अनि मूर्ख ठान्ने प्रवृत्तिको प्रतिविम्ब हो।

के यस्ता अध्यक्षहरूलाई संस्थाको नेतृत्व गर्ने नैतिक हक छ ? जिम्मेवारीमा बसेका व्यक्तिहरूले यदि यस्तो स्वेच्छाचारिता देखाउने हो भने, हामीले प्रश्न उठाउनै पर्छ, के यो संस्था अझै पनि नियमले चलिरहेको छ, कि व्यक्तिको अहंकारले ?

अब चुप बस्ने बेला सकियो। यस्ता, मनपरी र गैरजिम्मेवार व्यवहारको खुलेर प्रतिवाद गर्नुपर्छ ।

“पत्र संख्या खै?”, “चलानी नम्बर खै?”

fnjktmp@gmail.com

त्यस्तै शाखाका सचिव बाेहाेराद्वारा जारी विज्ञप्तिमा पत्र संख्या : २०८१/०८२ र चलानी नम्बर ०२५ रहेको छ।

fnjktm2081@gmail.com

तर शाखाको आधिकारिक ईमेल आईडी fnjktm2081@gmail.com हाे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत