दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ४ निवासी भजन प्रविण कृष्णप्रसाद चौलागाईंको ९७ वर्षको उमेरमा निजि निवास जिलुमा निधन भएको छ। उहाँको निधनले नेपाली भजन संगीत र धार्मिक सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
लामो समय नेपाल प्रहरीमा सेवा गर्नुभएका चौलागाईंलाई ‘हवल्दार बा’ नामले समेत चिनिन्छन । चौलागाईंले नर शम्शेर जबरापश्चात प्रहरी महानिरीक्षक बनेका ज्ञानबहादुर याक्थुम्बाको समिपमा रहेर लामो समय काम गर्नुभएको बताईन्छ । प्रहरी सेवामा रहँदा मुद्धा फाँटमा रहेर सेवा प्रवाह गर्नुभएका चौलागाईंसँग कानुनी विषयमा उत्तिकै ज्ञान थियो । नेपाल प्रहरी, नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुद्वारा वहाँलाई थुप्रै सम्मान गरिएको छ ।
अवकासपछिको जीवनमा लोक भजनप्रति उहाँको विशेष मोह देखिन्थ्यो । चौलागाईंले नेपाली भजन संगीतमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँका भजनहरूमा गहिरो धार्मिक भावना झल्किन्छ, जसले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति प्रदान गर्छ।
भजन गायनमार्फत् चौलागाईंले समाजमा नैतिकता, धार्मिकता र सांस्कृतिक मूल्यहरूको प्रवर्द्धन गर्नुभएको छ। उहाँको प्रयासले नेपाली समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको सम्मान बढाउन मद्दत पुर्याएको छ।
उहाँको निधनप्रति राजनीतिक, सांगीतिक क्षेत्रका व्यक्तित्वहरू, धार्मिक संघसंस्थाहरू र स्थानीय बासिन्दाहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
कृष्णप्रसाद चौलागाईंको योगदान नेपाली भजन संगीत र धार्मिक सांस्कृतिक क्षेत्रमा सदैव स्मरणीय रहनेछ। उहाँको जीवन र कार्यले भावी पुस्तालाई प्रेरणा प्रदान गर्नेछ। धेरै पहिले छोरा भिमप्रसाद चौलागाईं गुमाउनु भएका चौलागाईंकी छोरी धनकुमारी रिमालको गत पुसमा निधन भएको थियो । हाल उहाँका २ छोरा विश्वमणि चौलागाईं र बद्रि चौलागाईं हुनुहुन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ