काठमाडौं। राष्ट्रिय दलित पत्रकार संघ बाँके कमिटीको आयोजनामा नेपालगन्जको विपी चोकमा दिप प्रज्वलन गरिएको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरु प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका समूहलाई अन्तरजातीय प्रेम सम्बन्धका आधारमा युवाहरुलाई स्थानीय समूहद्वारा जातीय पूर्वाग्रहका कारण निर्घात कुटपिट गरी सेती नदीमा बगाई विभत्स हत्या गरिएको स्मृतिमा आज दिप प्रज्वलन गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकमिटीका अध्यक्ष नविन गिरी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँके शाखाका अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर नेपाल नेपालगन्ज नगर अध्यक्ष अरसद अलि रंगरेज, वरिष्ठ पत्रकार शिव डोटेल, प्रेस चौतारी नेपाल बाँकेका पुर्वअध्यक्ष दुर्गा रोकाय, विभिन्न आस्थागत संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ बाँके कमिटीका कार्यवाहक अध्यक्ष आशा परियारले गरेको थियो भने कार्यक्रमको संचालन सचिव शान्ति सुनारले गरिन् ।

दिप प्रज्वलन कार्यक्रममा एक मिनेट मौनधारणा समेत कार्यवाहक अध्यक्ष आशा परियारले कान्तिपथलाई जानकारी दिनु भयो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ