बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने समाजवादी प्रेस संगठन नेपालका उपमहासचिवसहित २ जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने समाजवादी प्रेस संगठन नेपालका उपमहासचिवसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका-११  बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेकी छन् । 

बुढामगर समाजवादी प्रेस संगठन नेपाल, केन्द्रीय समितिकि उपमहासचिव हुन् ।

पक्राउ मध्ये प्रविनले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रूपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रविनलाई काठमाडौं महानगरपालिका-२३ बसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत