काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका उपप्रमुखले दोहोरो गाडी भाडा बापत लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ।
प्राप्त जानकारी अनुसार, उपप्रमुख मन्जु बोहराले विभिन्न मितिमा दोहोरो सुविधाका रुपमा गाडी भाडा लिएको पाइएपछि पालिकाले उक्त रकम असुल गर्ने निर्णय गरेको हो।
पालिकाको अभिलेख अनुसार, २०८० मंसिर १२ गते देखि धनगढीबाट सुर्नयासम्मको भाडा रु. ३०,०००/- र २०८० मंसिर १३ गते धनगढीबाट सुर्नयासम्मको भाडा रु. ३०,०००/- गरी कुल रु. ६०,०००/- रकम दोहोरो पर्न गएको पाइएको छ। यद्यपि, उक्त रकममध्ये पालिकाको नियम अनुसार ६०,०००/- रुपैयाँ असुल गरिने जनाइएको छ।
कैफियतमा उल्लेख भए अनुसार, उपप्रमुख बोहराले धनगढीबाट सुर्नया र पुनः सुर्नयाबाट धनगढीसम्मको लागि लगातार २ दिनको भाडा लिएकोमा दोहोरो भुक्तानी भएको पुष्टि भएको छ।
“भुक्तानीमा लगातार २ दिन सुर्खेत देखि धनगढी सम्म तथा लगातार २ दिन धनगढीबाट आएको भनी अस्पष्ट भएको र दोहोरो पर्ने गरी लिएको गाडी भाडा रकम असुल गर्नुपर्नेछ,” कैफियतमा लेखिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन तथा आर्थिक कार्यविधि अनुसार, सरकारी कोषको दुरुपयोग हुन नदिन यस्ता असुलीका कार्यहरु नियमित प्रक्रिया हुन्।
यस घटनाले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न थप कडाइको आवश्यकता औंल्याएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ