काठमाडौं । सिफलमा बस्ने लक्ष्मी बस्नेत निर्माण व्यवसायमा महिला भए पनि पुरुष सरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा चिनिएकी छन् ।
नेपाल निर्माण व्यवसायी महासंघमा आवद्ध बस्नेत विगत १६ वर्षदेखि निर्माण व्यवसायी क्षेत्रमा काम गर्दै आइरहेकी हुन्।
अहिले दुईवटा निर्माण कम्पनी कि उनी संचालक पनि बनेकी छिन। उनकाे निर्माण व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरै जनाले रोजगारीको अवसर पनि पाएका छन् ।
लक्ष्मीसँग कान्तिपथ डटकमका लागि पत्रकार राजेन्द्र महतोले गरेको सम्बादको सम्पादित अंश।
तपाईंले कति बर्ष देखि निर्माण व्यवसायमा संलग्न हुनुहुन्छ ?
म विगत १६ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छु ।
तपाईले अहिले कुन-कुन कन्स्ट्रक्सन चलाई राख्नु भा छ?
अहिले मैले सागर कन्स्ट्रक्सन प्रा.लि र आरुष कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि का सस्थापक तथा प्रबन्धक निर्देशक भएर काम गरिरहेको छु।
निर्माण क्षेत्रमा महिला व्यवसायी न्यून छन्, किन होला?
निर्माण क्षेत्रको संभावना राम्रो भएपनि व्यावसायिक रूपमा सक्रियता देखाउने कुरामा हाम्रो सामाजिक अभ्यासकै कारण कमै महिला निर्माण व्यवसाय लाग्ने गरिएको होला।
यस क्षेत्रमा महिलालाई काम गर्न के कस्ता चुनौतीहरु सामना गर्नु पर्दछ?
यस व्यवसायमा आवद्ध महिलाका पनि विभिन्न समस्या छन् । काममा जानकै लागि पनि समस्या छ । महिलाले यस क्षेत्रमा काम गर्न सक्दैनन्, अरूमार्फत गरेका होलान् भन्ने सोचाई पनि पाइन्छ। राज्यले पनि भने अनुसार गरेको छैन।
निर्माण क्षेत्रमा गुनासो बढी आउछ, किन होला ?
निर्माण क्षेत्र संवेदनशील क्षेत्र हो । यस क्षेत्रमा गुणस्तरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। यस कुरामा म र मेरो निर्माण कम्पनी प्रतिबद्ध छ। हामीले गरेको काममा नराम्रो भयो भनेर गुनासो अहिलेसम्म आएको छैन ।
तपाईको निर्माण कम्पनीबाट के कति जनाले रोजगारी पाएका छन्?
प्रालिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरै जनाले रोजगारीको अवसर पाएका छन् ।
अन्तमा केही भन्न चाहानुहुन्छ ?
कुनै पनि पेशा व्यवसाय गर्दा त्यसमा लगाव आवश्यक पर्छ, लगावले काममा सफलता दिलाउने हो । त्यसैले कामप्रति लगनशिलता हुनु जरुरी देखिन्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ