बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • प्रधानमन्त्रीले कुरा नसुने पछि बैठक बहिस्कार गर्न बाध्य भयौंः रास्वपा

प्रधानमन्त्रीले कुरा नसुने पछि बैठक बहिस्कार गर्न बाध्य भयौंः रास्वपा


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कालो बस्त्र लगाएर संसदमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।


 ‘आज संघीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध स्वरूप आउनुभयो र विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप रहेको निलो रिवन लगाएर आयौं, हामी प्रधानमन्त्रीज्यूलाई केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन,’ सांसद मनिष झाले भने, ‘बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र कुरा प्रधानमन्त्रीले पनि नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत