काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा व्याप्त अनियमितता, भ्रष्टाचार र दुर्गन्धित प्रशासनिक चलखेलविरुद्ध आवाज उठाउँदै आएका स्थानीय युवाहरु अहिले ज्यानै मार्ने धम्कीको डरमा बाँच्न बाध्य भएका छन्।
स्थानीय अभियन्ता आदर्श क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मार्नकै लागि गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका सभापति सन्जय लामाले गुण्डाहरु खटाएको गम्भीर आरोप सार्वजनिक गरेका छन्।
उनलेे लेखेका छन् :- “मलाई सन्जय लामाले मार्न आयो म मर्नबाट बचे मलाई सयौं जनाले कुटे झन्डै मारे”
आदर्श क्षेत्री, राजु सुनुवार, किरण केसीलगायत युवाहरुले नगरपालिका भित्रको बेथिति र भ्रष्टाचार उजागर गर्दै आएका थिए।
पछिल्लो समय नारायणटारस्थित अर्थोपेडिक अस्पतालको पार्किङमा भइरहेको आर्थिक अनियमितताबारे प्रश्न उठाएपछि उनीहरूमाथि दमनको चक्र तीव्र बनाइएको छ।
यो पहिलोपटक भने होइन, सूचनाको हकमार्फत नगरपालिकासँग तथ्य माग्दा नै उनीहरुलाई प्रहरीसँग मिलेर १३ दिनसम्म बौद्ध प्रहरी वृत्तको हिरासतमा थुनेर मानसिक यातना दिइएको थियो।
अनियमितता र भ्रष्टाचारविरुद्ध सत्य बोल्ने नागरिक अभियन्तामाथि नगरकै नेतृत्वले गुण्डा पठाएर दमन गर्ने गोकर्णेश्वर नगरपालिकाको हर्कतले यथार्थमा यो पालिका कसरी कुशासन, शक्ति दुरुपयोग र त्रास फैलाएर चलिरहेको छ भन्ने कुराको प्रमाण पेश गरेको छ।
साथै यस बिषयमा कान्तिपथसँग कुरा गर्दै आदर्श क्षेत्रीको आमा सकुन्तला बस्नेतले भनिन्, गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बसेर नागरिकको आवाज दबाउन गुण्डा परिचालन गर्ने जस्तो अपराधमा संलग्नलाई तत्काल कानुनी कारबाहीकाे लागि प्रहरीकोमा जाने बताईन् ।
अभियन्तामाथि ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न, नगरपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता छानबिन गर्न, साथै सत्यतथ्य सार्वजनिक गरी जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बस्नेतकाे तर्क रहेको छ।
अभियान्ताहरू सचेतनामूलक ब्यानरसहित अत्तरखेल वेशिगाँउ हुँदै नगरपालिका कार्यालयतर्फ खाली खुट्टामा आएका थिए ।
साथै, गोकर्णेश्वर नगरपालिका कार्यालय प्रवेशद्वारमै सभापति लामाकाे केटाहरूले अभियान्ताहरूमाथि कुटपिट गरेको हाे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ