सोमवार, मंसिर २९, २०८२

संजोग गुप्ता आईसीसीको नयाँ सीईओ


देव चौलागाईं


भारतका संजोग गुप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन्।

हालसम्म जियोस्टारमा स्पोर्ट्स एन्ड लाइभ एक्सपिरियन्स विभागका सीईओको रूपमा कार्यरत गुप्तालाई सोमबार आईसीसीले आफ्नो सातौँ सीईओको रूपमा नियुक्त गरेको हो।

गुप्ताको नियुक्तिको घोषणा गर्दै आईसीसी अध्यक्ष जय शाहले भने, म संजोग गुप्तालाई आईसीसीको सीईओमा नियुक्त गर्न पाउँदा खुशी छु।”

संजोग गुप्ताले आफ्नो करिअर पत्रकारिताबाट सुरु गरेका थिए। सन् २०१० मा उनी स्टार इन्डिया मा आबद्ध भए। त्यसपछि सन् २०२० मा उनी डिज्नी स्टार का खेल विभाग प्रमुख बने। सन् २०२४ मा भायाकम-१८ र डिज्नी स्टार बीचको मर्जरपछि उनी जियोस्टार स्पोर्ट्स का सीईओ नियुक्त भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत