बुधबार, फाल्गुन ६, २०८२

जनसंख्या विकास बिना मानव अस्तित्व जोखिममा पर्न सक्छ : प्रधानमन्त्री ओली


देव चौलागाईं


प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको सन्तुलित वृद्धि नहुँदा मानव अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन्।

विश्व जनसंख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनसंख्यालाई राष्ट्रको मेरुदण्ड भन्दै जनसंख्या नीति, २०८२ को कार्यान्वयनमा गम्भीर हुनुपर्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “विकास र जनसंख्याको गति एकै दिशामा हुनु आवश्यक छ। आफ्नो जीवनको उत्तरदायित्वका रूपमा सन्तान जन्माउने विषयलाई हेर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले मानव अस्तित्व र धर्तीको सन्तुलन कायम राख्न उचित नीति र उपायहरू तत्काल लागू गर्नुपर्ने बताए। उनले जनसंख्याबारे गोष्ठी सेमिनार गर्ने तर अर्कोतर्फ मानव विनाशका हतियार बनाउने प्रवृत्तिप्रति आलोचना गर्दै, यस्तो दोहोरिएको व्यवहारले मानव जातिको अस्तित्व संकटमा पर्ने बताए।

उनी भन्छन्, “सृष्टिका लागि मानवजति मूल्यवान् अरू केही छैन। जनसंख्यामा असन्तुलन रहिरहने हो भने समृद्ध भविष्य सम्भव हुँदैन।”

प्रधानमन्त्री ओलीले सरकारले कानुनी रूपमा २० वर्षपछिको विवाहको प्रावधान गरेका कारण ३० वर्ष पुग्नुअघि तीन सन्तान जन्माउने सुझाव पनि दिए।

“४० कटेपछि रमाउँला भन्ने गीतमा नअल्झिनुस्,” उनले भने।

विकसित राष्ट्रहरूमा समेत जनसंख्या ऋणात्मक बन्दै गएको सन्दर्भ उल्लेख गर्दै उनले जनसंख्याको उचित व्यवस्थापन नभए अस्तित्वको संकट देखिएको धारणा राखे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत