सरकार र आन्दोलनरत पक्षबीच आज भएको वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको छ। वार्तापछि आन्दोलनरत टोलीले आफ्ना माग पूरा नहुँदासम्म आमरण अनशन जारी रहने स्पष्ट पारेको छ।
टोलीका अनुसार आजको छलफलमा आफ्ना माग र मुद्दाहरू सरकार पक्षसमक्ष विस्तृत रूपमा राखिएको छ। सरकारी वार्ता टोलीले ती माग तथा मुद्दाहरूको अध्ययन गरी भोलिसम्म जवाफ दिने र त्यसपछि प्रधानमन्त्रीसँग प्रत्यक्ष वार्ता गर्ने सहमति भएको टोलीले जनाएको छ।
आन्दोलनरत पक्षले माग पूरा नभएसम्म संघर्ष नरोकिने अडान दोहोर्याउँदै आगामी वार्ताबाट ठोस निष्कर्ष आउने अपेक्षा व्यक्त गरेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ