आइतवार, बैशाख २७, २०८३

भजनीमा हतियारसहित बुबा–छोरा सहित ३ जना पक्राउ


देव चौलागाईं


कैलालीको भजनी नगरपालिका–९ आमबाडिबाट अवैध हतियारसहित बुबा–छोरा सहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र ३० वर्षीय सुरेश विक पक्राउमा परेका हुन्।

प्रहरीले दिलिप कार्कीको घरमा तलासी गर्दा दुई थान पेस्तोल, ११ राउन्ड गोली, एक थान म्यागजिन, एक थान हर्नेट, २४ राउन्ड गोली, एक डिब्बा छर्रा, दुई गुच्छा मयुरको प्वाँख र तीन थान जरायोको सिङ बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो। अहिले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत