बुधबार, फाल्गुन ६, २०८२

भक्तपुर मालपोत कार्यालयका प्रमुख घुससहित रंगेहात पक्राउ


देव चौलागाईं


भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरको भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मंगलबार पक्राउ गरेको छ। राउतको साथबाट २४ लाख ५० हजार रुपैयाँ नगद समेत बरामद गरिएको आयोगले जनाएको छ।

चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना जमिन मोही र तलसिङ प्रक्रियाबाट मोहीको नाममा पुर्जा बनाइदिने भन्दै मागिएको घुसको रकम राउतले लिँदै गर्दा कार्यालयमै रंगेहात पक्राउ परेका हुन्।

अख्तियारका अनुसार, घुससहित पक्राउ गरिएका राउत र प्रमुख आचार्यसँग दुई थान मोबाइल उपकरणसमेत बरामद गरिएको छ।

यो प्रकरणमा मोहीको मुद्दा मिलाउने नाममा सरकारी पदको दुरुपयोग गरी अवैध रुपमा रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ, र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत