पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले मंगलबार आफ्नो निजी वेबसाइट सार्वजनिक गरेकी छन्। सक्रिय राजनीतिमा पुनः फर्किने घोषणा गरेकी भण्डारीले सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह गरेका जिम्मेवारी, अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता, विचार, अभिव्यक्तिहरू र तस्वीरहरूसमेत संग्रहित हुने गरी वेबसाइट निर्माण गराइएको हो।
उनका स्वकीय सचिव राजकुमार राईले जारी गरेको विज्ञप्तिमा यो वेबसाइट भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्रै नभई लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा उनले पुर्याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्य रहेको उल्लेख छ।
वेबसाइटमा राखिएका सामग्रीहरू समयसापेक्ष परिमार्जन र अद्यावधिक गर्दै लैजाने जानकारी पनि स्वकीय सचिव राईले दिएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ