काठमाडौँ। बि ब्रोज इन्टरटेन्मेन्टले सामाजिक सञ्जालको माध्यमबाट उत्तेजित कुराहरु सार्वजिनक नगर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
बि ब्रोजले यही असार २८ गते सम्पन्न ‘मिस्टर एउण्ड मिस विश्वकर्मा–सुजन ४’ कार्यक्रममा आवश्यक पोसाकको लागि आरएसएसबाट पैसा लिएको भन्ने भनाइप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत अनावश्यक टिका–टिप्पणी नर्गन अपिल गरेको हो ।
सो संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “पोशाक नितान्त स्वयम्सेवी भावनाले कोही, कसैसँग एक पैसा नलिइकन विज्ञहरुबाट तयार पारिएको हो, तर कतिले भ्रम फैलाउन, विचलित मानसिकताको उपज आर एस एसबाट पैसा लिइएको भनेकोप्रति हाम्रो आपत्ति छ, यस्ता कपोलकल्पित, भ्रमित, आधारहिन कुरा प्रमाणित गर्न हामी चुनौती दिन्छौँ ।” संस्थाले सार्वजनिक रुपमा अमार्यदित, अभद्र गालीगलौज मात्र नभइ भौतिक आक्रमण गर्ने, अपरिचित मोबाइल नम्बरबाट फोन गर्ने, मार्ने धम्की दिने अभिव्यक्तिको अभिलेख सुरक्षित राखिएको पनि जनाएको छ ।
बि ब्रोजका अध्यक्ष सञ्जय बिकले भन्नुभएको छ, “जस, जसले यस्ता अभिव्यक्ति दिइएका छन्, यदि किटान गरिएको व्यक्तिको जीउज्यान कहीँकतै तलमाथि भएमा यसको सम्पूर्ण जिम्मेवारी उनीहरुले लिनुपर्नेछ, यसरी सिंगो एउटा समूह नै लागरे तयार पारेर सार्वजनिक भएको पोशाकलाई एउटा व्यक्तिले मात्रै तयार गरे जस्तो किटान गरेर केही दिन देखि सार्वजनिक गालीगलौजको वर्षा भएकोप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।
कुनै सार्वजनिक विषयमाथि व्यक्तिगतरुपमा असहमति, विमति राख्न पाउनु वाक स्वतन्त्रताको संवैधानिक हक सबैलाई सुरक्षित छ, यो एक प्रबुद्ध प्राज्ञिक बहसको सवाल हो ।”
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ